नेशनल लाइफको जीवन बीमा कोष ५३ अर्ब माथि, नाफा कति ?

नेशनल लाइफको जीवन बीमा कोष ५३ अर्ब माथि, नाफा कति ?


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४ अर्ब १८ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा २१.२५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो भने गत आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत १ करोड २५ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ८८ करोड २५ लाख रुपैयाँ र बीमालेख धितोमा ८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरी १७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा पनि ३५.०१ प्रतिशतले बढेर ११ करोड ७१ लाख रुपैयाँ पुगेको छ । यो बीमांकिय मूल्यांकन अघिको मुनाफा हो ।

चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७७ करोड २५ लाख रुपैयाँ रहेको छ । यस्तै जीवन बीमा कोषमा ५३ अर्ब ७७ करोड ६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ३६ करोड १० लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६१ पैसा, प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ०९ पैसा र मूल्य आम्दानी अनुपात ४६.६८ गुणा रहेको छ ।