मतदाता शिक्षा अभावको नतिजा: डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर

मतदाता शिक्षा अभावको नतिजा: डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर


ग्लोब नेपाल
54
Shares

काठमाडौं । मतदाता शिक्षा अभावका कारण डोटीमा साढे आठ हजारभन्दा बढी मत बदर भएको छ । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन नहुँदा डोटीमा भारी  मात्रामा मत बदर हुन पुगेको हो ।

प्रतिनिधिसभातर्फ ६३ हजार ५५२ मत खसेकोमा ४ हजार ९६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधिसभातर्फ ६३ हजार ५५२ मत खसेको थियो । जसमध्ये आठ हजार ६२० मत बदर हुँदा ५४ हजार ९३२ मत मात्रै सदर भएको छ ।     
     
यस्तै प्रदेश सभा ९क० तर्फ खसेको ३३ हजार ३२२ मतमध्ये १,९१९ मत बदर भएको छ ।  प्रदेशसभा ९ख० मा खसेको ३० हजार २३४ मतमध्ये १७३२ मत बदर भएको पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । यसपटकको निर्वाचनमा मतदाता शिक्षाको खासै पहुँच पुग्न नसक्दा धेरैजसो जिल्लामा बदर मतको संख्या उल्लेख्य देखिएको छ ।