काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१२ अंकले बढेको छ।
आइतबार १८५५.०६ विन्दुमा बन्द भएको नेप्से ०.१२ अंक बढेर १८५५.१९ विन्दुमा पुगेको हो।
सोमबार प्रि ओपन सेसनमा ८ स्टकको ३ लाख ७५ हजार ६१४ रुपैयाँ बराबरको १ हजार २६० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ६ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया