महालक्ष्मी लाईफ इन्स्योरेन्सको “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ

महालक्ष्मी लाईफ इन्स्योरेन्सको “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ


ग्लोब नेपाल
108
Shares

काठमाडौं । “युवासँग महालक्ष्मी लाईफ” को सफलता पछि महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते चितवनको सौराहा स्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा पानसमा बत्ति बालेर उक्त कार्यक्रमको समुद्घाटन गरेका हुन् । कार्यक्रममा देशभरीबाट शाखा-उपशाखा प्रमुख र अधिकृतहरु समेत गरी ७५ जनाको उपस्थिति रहेको थियो।

समारोहमा अध्यक्ष रमण शर्माले आफ्नो उद्घाटन मन्तव्य दिदै कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गर्न लागेको बताउए । समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडी बढाउने यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तिकरणमा कार्यक्रमले पार्ने प्रभावको बारेमा जानकारी गराए। देशमा महिलाको जनसंख्या पुरुषको दाजोमा बढ्दै गइरहेकोले उनीहरुलाई सक्षम र आर्थिक रुपमा सवल नवनाई देश अघि बढ्न सक्दैन। महिलाहरुलाई तालिम दिई रोजगारी मार्फत आय आर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुने प्रमुख कार्यकारी अधिकृत भट्टराईले जानकारी दिए ।

आ‍‍.व. २०७९/८० भित्र परिक्षणको रुपमा संचालन हुने यो कार्यक्रम ३० जिल्लामा संचालन गरिनेछ । यो कार्यक्रम मार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३,००० भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ । यो कार्यक्रममा सरकारी, गैर सरकारी निकाय संग समन्वय गरी महिलालहरुलाई तालिम दिने, रोजगारीको लागि बीमा लगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने कार्यक्रम रहेको छ ।

बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले संचालन गरेको कार्यक्रममा बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले स्वागत् मन्तव्य र कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७८/७९ मा विद्यार्थी र युवाहरुमा जीवन बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने गरी ”युवासंग महालक्ष्मी लाईफ” कार्यक्रम संचालन गरेको थियो । एक वर्ष भित्र कम्पनीका वरिष्ठ अधिकृतहरुले ३५ जिल्लाको ९१ वटा प्लस्टु र ब्याचलर कलेजमा ८,००० भन्दा बडी युवालाई तालिम प्रदान गरेको थियो । उक्त कार्यक्रम अत्यन्त सफल भइ बीमा सम्बन्धी जनचेतना जगाउन प्रभावकारी भएको महालक्ष्मी लाईफ इन्स्योरेन्स जानकारी गराएको हो।