काठमाडौं । काठमाडौं महानगरले बुधबार पनि अवैध संरचनामाथि डोजर चलाएको छ । अनामनगरको देवीनगरस्थित धोबीखोला करिडाेर क्षेत्रमा बनाइएका अवैध संरचनामा महानगरले बुधबार डोजर चलाएको हो ।
सरकारी जग्गा कब्जा गरी अवैध रूपमा बनाइएका संरचनामा डोजर चलाएको महानगरले जनाएको छ । महानगरले गत १ साउनमा पूर्वसूचना दिएर भत्काउन भनेका संरचना अटेर गरी नभत्काएको भन्दै महानगरले बताएको छ ।
प्रतिक्रिया