काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले आफू शीतल निवास नगएको बताएका छन् । आइतबार आफूलाई नयाँ सरकारलाई समर्थन गर्दै राष्ट्रपति कार्यालय गएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै सांसद श्रेष्ठले आफू घरमै रहेको उल्लेख गरे । सांसद श्रेष्ठले आफू पार्टीको निर्णयविरुद्ध कतै नलागेको बताए ।


प्रतिक्रिया