काठमाडौं । अमेरिकासहितका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौं बुढानिलकण्ठका ४४ वर्षीय राजु थापा पक्राउ परेका छन् ।
अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिन्छु भन्दै प्रतिव्यक्ति २५ लाख रुपैयाँ लिएर उनले एक करोड ६२ लाख ६ हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।
मासिक तीन लाख तलबसहित ग्रिनकार्ड, पीआर र हङकङ आईडीसमेत बनाइदिने भनी विश्वास दिलाई प्रलोभनमा पारेर थापाले ठगी गरेको प्रहरीको दाबी छ ।
थापालाई बुधबार पक्राउ गरेर जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ ।
प्रतिक्रिया