वाम एकता गर्न माधव नेपालको पार्टीले बनायो कार्यदल

वाम एकता गर्न माधव नेपालको पार्टीले बनायो कार्यदल


ग्लोब नेपाल
135
Shares

काठमाडौं । वाम एकताका लागि पहल थाल्न माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी)ले कार्यदल गठन गरेको छ । आज बसेको पार्टीको सचिवालयको बैठकले महासचिव डा. वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको हो ।

कार्यदलमा महासचिव भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल गरी चार सदस्य रहेको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । वाम शक्तीहरू एक ठाउँमा उभिनु मुलुकको आवश्यकता भएको भन्दै पार्टीले त्यसका लागि पहल थाल्ने प्रवक्ता खतिवडाले बताए । दुई वर्षअघि नेकपा (एमाले)बाट अलग भएको एकिकृत समाजवादी पुनः एमालेसँगै एक हुनेबारे चर्चा चलिरहेको छ ।