प्रधानमन्त्रीद्वारा बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त

प्रधानमन्त्रीद्वारा बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त


ग्लोब नेपाल
135
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पा बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । ६ जनाको मृत्यु र १८ जना घाइते हुने गरी बिहीबार राति पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ मधुवनमा बिहीबार राति बस दुर्घटना भएको थियो । उक्त बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धान्जली व्यक्त गरेका प्रधानमन्त्री प्रचण्डले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । 

शुक्रबार बिहान सामाजिक सञ्जला ट्वीटरमार्फत् प्रधानमन्त्री प्रचण्डले मृतकलाई श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले सार्वजनिक यातायात सुरक्षित र मर्यादित बनाउन भूमिका खेल्न सबैमा अपिल पनि गरेका छन् ।

‘गएराति पाल्पाको बस दुर्घटनामा मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दछु, मृतकका आफन्तहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भूमिका खेल्न सबैमा हार्दिक अपील गर्दछु,’ प्रधानमन्त्रीको ट्वीटमा उल्लेख छ ।