काठमाडौं । अमेरिकाबाट शंकास्पद रकम भित्र्याएको आरोपमा नेपाल राष्ट्र ब्यांकले छानबिन गरिरहेका पृथ्वीबहादुर शाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले पक्राउ गरेको छ ।
अमेरिकी नागरिक र ब्यांकिङ ठगी कसुरमा शाह पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले जानकारी दिए ।
शाहसँगै अन्य पाँच जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । शाहले अमेरिकी नागरिक जुलिया होडेज रिकेटको अमेरिकी डलर ४६ लाख ४६ हजार ७३७ र नेपाली तीन करोड २२ लाख रुपैयाँ ठगी गरेको सीआईबीले जनाएको छ । अहिले ठगी आरोपमा पक्राउ गरे पनि शंकास्पद रुपमा भित्रिएको धनबारे पनि अनुसन्धान गरिने एआईजी सुवेदीले बताए ।
प्रतिक्रिया