प्यूठानकी तुलसा कुवेतको अस्पतालमा अलपत्र, उद्धार गरिदिन परिवारको आग्रह

प्यूठानकी तुलसा कुवेतको अस्पतालमा अलपत्र, उद्धार गरिदिन परिवारको आग्रह


ग्लोब नेपाल
270
Shares

काठमाडौं । प्यूठानकी तुलसा जीसी ठूला सपना बोकेर २०७४ सालमा वैदेशिक रोजगारीको लागि कुवेत पुगिन् ।घरको आर्थिक अवस्था उकास्दै जीवनयापनमा सहजता ल्याउन कुवेत पुगेकी उनी अहिले अलपत्र छिन् । स्वास्थ्यमा समस्या देखिएपछि अहिले उनी एक अस्पतालमा जीवन र मृत्युको दोसाँधमा रहेकी छिन् ।

ब्रेन ह्यामरेज भएपछि कुवेतको कुवेत अदान अस्पतालको पीआइसीयूमा उनको उपचार भइरहेको छ । घाँटीबाट पाइप लगाइएको छ भने उनको आधा ज्यान नचल्ने अवस्थामा छ । उनी २०७४ सालमा भारतबाट हाउसमेटका लागि कुवेत गएकी थिइन् । दुई वर्षको भिषा लगाएर कुवेत पुगेकी उनी भनिएको घरमा काम गर्न निकै गाह्रो भएपछि २ वर्षपछि अर्कै फ्यामेली खोजेर सिफ्ट भइन् । त्यसपछि उनीसँग भिषा पनि भएन् । उक्त घरमा २ वर्ष काम गरेपछि उनको शरीरमा एकाएक समस्या देखिन थाल्यो । र उनी हाल उपचाररत छिन् ।

त्यहाँ उपचार निकै महङ्गो हुने , साथै त्यहाँ कोही पनि उनको हेरचाहमा नभएको कारण परिवारले उनलाई नेपाल ल्याउन विभिन्न निकायसँग याचना गरिरहेको छ । उता उनी जीवन र मृत्युको दोसाँधमा बाँचिरहँदा यता परिवार रातदिन उनको पीडामा बिह्वल भइरहेको छ । उनीहरूले विभिन्न निकाय सामु तुलसालाई नेपाल फर्काउन पहल गरिदिन आग्रह गरिहेका छन् । उनलाई नेपाल फर्काउने बचन दिए पनि कसैले पनि उचित पहल नगरेको परिवारको गुनासो छ । आमाको त्यस्तो अवस्था देख्दा पनि केही गर्न नसक्दा निकै दुःख लागेको उनकी छोरी सीता क्षेत्री बताउँछिन् ।

कुवेतमा एक जना आफन्ती मीत मामा रहेको र उनैले बेला बेला उनको हेरचाह गरिरहेका छन् । बेला बेला भिडियो कलमा कुरा हुने गरेको उनी बताउँछिन् । आमाको अवस्था निक्कै कमजोर बनेको भन्दै उनले छिटोभन्दा छिटो नेपाल फर्काउन पहल गरिदिन आग्रह गरिरहेकी छिन् ।