माघे सङ्क्रान्ती लागि काठमाडौंमा तरुलको खपत बढ्यो

माघे सङ्क्रान्ती लागि काठमाडौंमा तरुलको खपत बढ्यो


ग्लोब नेपाल
243
Shares

काठमाडौं । भोलि माघे सङ्क्रान्ती पर्व परेकाले काठमाडौंमा तरुलको खपत बढ्न थालेको छ । माघे सङ्क्रान्ती र माघी पर्वका लागि काठमाडौंको कालीमाटी तरकारी बजारमा एक हजार ५ सय टन भन्दा बढि तरुल भित्रिएको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ ।

अझै आउने क्रम जारी रहेको र झन्डै १० प्रतिशत तरुल मात्रै भारतबाट आएको छ । कालिमाटी तरकारी बजारमा पाँचऔंले, सिंगाने पिंडालु, दूधे पिंडालु, घर तरुल, वन तरुल, सिमल तरुल, पानी तरुल, हात्तीपाइले, पातले, आकाशे तरुल, नेपाली तरुल, रातो तरुल लगायतका तरुल किनबेच हुन्छ । अहिले कालीमाटी तरकारी बजारमा तरुलको औसत मूल्य प्रतिकेजी ६६.६७ रुपैयाँ रहेकोछ ।

जसमध्ये सर्लाहीको तरुल प्रतिकेजी ६० देखि ७० रुपैयाँसम्म बिक्री भइरहेको छ । तराईको हात्तीपाइले तरुल प्रतिकेजी ५० रुपैयाँमा बिक्री भइरहेको छ । पहाडी हात्तीपाइले तरुल प्रतिकेजी ८० देखि ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ भने घरतरुल ७० देखि ८० रुपैयामा बिक्री भइरहेको छ त्यस्तै वन तरुल भने प्रतिकेजी एक सय ५० देखि दुई सय रुपैँया सम्ममा बिक्री भइरहेको छ ।