पोखरा । गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । गोरखा १ (क) बाट निर्वाचित धिताल माओवादीसहित नेकपा एमाले, राप्रपाको समर्थनमा सभामुख निर्वाचित भए ।
मतदान प्रकृयामा ५८ जना सहभागि भएकाेमा धितालले ३२ मत ल्याए । धिताललाई स्वतन्त्र निर्वाचित भइ नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दिपक मनाङे) ले पनि मतदान गरे । कांग्रेसबाट सभामुख उम्मेदवार बनेकी सरस्वती अर्यालको पक्षमा २३ मत ल्याइन । नेपाली कांग्रेसका महेन्द्रध्वज जिसी अनुपस्थित भए।
प्रतिक्रिया