काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद बैठकमा हत्या अभियोग लागेका सांसद सहभागी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा उनले सभामुख चयनको निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला हत्या अभियोग लागेका सांसद सहभागी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
हत्या अभियोग लागेका सांसद बैठकमा उपस्थित भएको सुनेको भन्दै उनले उनीहरुको उपस्थितिमा सभामुख चयन प्रक्रिया अघि बढ्ने वा नबढ्ने निर्क्योल गरेर मात्र बैठकको कारबाही अघि बढाउन आग्रह गरे ।
जारी बैठकले सभामुख चयन गर्दै छ । सभामुख पदमा एमालेबाट देवराज घिमिरे र कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया