नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फण्ड’ को आकार दोब्बरले बृद्धि

नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागिता फण्ड’ को आकार दोब्बरले बृद्धि

योजनाका आकार बृद्धि भइ रु. २ अर्ब कायम


ग्लोब नेपाल
324
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागिता फण्ड” को १० करोड इकाईसम्म जारी गर्न सकिने गरी हाल योजनाको आकार रु. १ अर्ब रहेकोमा आम लगानीकर्ताहरुको माग बमाजिम सो इकाइ जारी गरीसकिएको तर थप १० करोड इकाई जारी गर्न सकिने गरी नेपाल धितोपत्र बोर्डबाट सन्दर्भमा मिति २०७९/०९/१७ गतेका दिनदेखी लागु हुने गरि स्वीकृत प्राप्त भए संगै योजनाका आकार बृद्धि भइ रु. २ अर्ब कायम भएको छ ।

नेपालकै पहिलो खुलामुखी योजनाको रुपमा पूँजी बजारमा स्थापित हुन सफल यस योजनाले संञ्चालनको पहिलो बर्षबाट नै आफ्नो इकाईधनीहरुलाई निरन्तर उचित प्रतिफल दिन सफल भइरहेको छ जस अन्र्तगत संञ्चालनका ३ बर्षमा कुल ६५.४५ प्रतिशत लाभांष वितरण गरी औसत बार्षिक २१.८१ प्रतिशतका दरले प्रतिफल वितरण गरीसकेको छ जुन हाल संञ्चालनमा रहेका अन्य खुलामुखी योजनाहरुका तुलनामा सबैभन्दा बढि प्रतिफल दिन सफल योजनाको रुपमा रहेको छ ।

यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकका सम्पूर्ण शाखा कार्यालयहरु, तोकिएको वितरक कार्यालयहरु साथै अनलाईन मार्फत इकाइ खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजना (Systematic Investment Plan-SIP) तथा लाभांष पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत सहभागी भइ लगानी गर्न सक्नेछन् ।

नेपालका पूँजी बजारमा एउटा दक्ष तथा अनुभवी योजना व्यवस्थापकका परिचय बनाउन सफल योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेड मार्फत ३ बर्ष अघि यस योजना रु. २० करोडका आकारमा संञ्चालनमा आएको थियो त्यस पछिका दिनमा आम लगानीकर्ताहरुको उल्लेख्य सहभागिता तथा यस योजना प्रतिको उच्च आकर्षणका कारणल हाल रु. १ अर्ब भन्दा बढिको आकारमा संञ्चालनमा रहेको छ जुन हाल संञ्चालनमा रहेका अन्य खुलामखी योजनाहरुका तुलनामा सबैभन्दा ठुलो आकारको खुलामुखी योजना समेत रहेको छ ।