सभामुखको रुलिङ चाहिने भएकाले फरार सांसद समाउन नसकेको गृहमन्त्रीको दाबी

सभामुखको रुलिङ चाहिने भएकाले फरार सांसद समाउन नसकेको गृहमन्त्रीको दाबी


ग्लोब नेपाल
405
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हत्या अभियोग लागेका सांसदलाई आफूले पनि देखेको तर सभामुखको रुलिङ नभएका कारण समात्न गाह्रो भएको बताए ।बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग गृहमन्त्री लामिछानेले राज्यका निकायहरूलाई निरीह बनाइएकाले आफूले गरेका कामको प्रतिफल आउन समय लाग्ने बताएका छन् ।

गृहमन्त्री लामिछानेले भने, ‘राज्यका निकायहरूलाई निरीह बनाइएको छ, नतिजा आउन समय लाग्छ । हेर्दै जानुहोला, नतिजा आउनेछ । गलत काम गरेका मानिस कोही पनि बाँकी रहँदैन । केही समयका लागि लुक्ने भाग्ने होला, तर हामी समातेरै छोड्छौँ ।’

‘म्यानपावरमा संलग्न व्यक्तिलाई मन्त्री बनाउनुभएको छ भन्ने आरोप लगाइएको छ’ भन्ने प्रश्नमा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल संलग्न भएको भए कुन म्यानपावरमा हो जानकारी दिन पनि आग्रह गरे । श्रममन्त्री अर्याल मन्त्रीमा नियुक्त भएसँगै म्यानपावरमा संलग्न रहेको भन्दै विरोध भएको थियो । यसबारे गृहमन्त्री लामिछानेले संलग्न भएको पाए कारबाही गर्ने बताए ।