शीतलहरले तराईको जनजीवन प्रभावित

शीतलहरले तराईको जनजीवन प्रभावित


ग्लोब नेपाल
0
Shares

लुम्बिनी । शीतलहरले तराईको जनजीवन प्रभावित बनेको छ । पश्चिम नवलपरासी, रुपन्देही र कपिलवस्तुमा अत्यधिक जाडो बढेको छ । बाक्लो हुस्सुले स्थानीयलाई घरबाहिर निस्कन समस्या भएको छ । चिसोले सबैभन्दा धेरै बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन् ।

ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवार काम गर्न नसकेर समस्यामा छन् । घर-चोकमा आगो र हिटर बालेर बस्नेहरू बढेका छन् ।

जाडो बढेपछि तौलिहवा, पिपरा, बहादुरगन्जलगायत अस्पतालमा श्वासप्रश्वास र दमका रोगीको उपचार गराउनेको संख्या बढेको छ ।