भारतले रक्षा क्षेत्रका लागि छुट्ट्यायो विशाल बजेट

भारतले रक्षा क्षेत्रका लागि छुट्ट्यायो विशाल बजेट


ग्लोब नेपाल
0
Shares

नयाँदिल्ली । भारतकी अर्थमन्त्री निर्मला सीतारमणले बुधवार संसदमा वार्षिक बजेट प्रस्तुत गरेकी छन् ।

बजेटमा रक्षा क्षेत्रका लागि ५.९४ लाख करोड भारु छुट्टुयाइएको छ । पोहोर साल भारतको रक्षा बजेट ५.२५ लाख करोड भारु रहेकोमा यो उल्लेखनीय वृद्धि हो ।

पाकिस्तान र चीन सीमामा तनाव भइरहने गरेकाले भारतले रक्षा बजेट बढाउनुपरेको हो । त्यसमाथि प्रधानमन्त्री नरेन्द्र मोदीले रक्षा क्षेत्रलाई बलियो बनाउनका लागि विभिन्न प्रयास गरिरहेका छन् ।

चीनको तुलनामा भारतको रक्षा बजेट निकै कम हो । विश्व बैंकको तथ्यांकअनुसार चीनको रक्षा खर्च सन् २०२१ मा २९३.३५ अर्ब डलर थियो । त्यो वर्ष भारतले रक्षामा ७६.६ अर्ब डलर खर्च गरेको थियो ।