पछिल्ला २४ घन्टामा ३ जनामा कोरोना संक्रमण

पछिल्ला २४ घन्टामा ३ जनामा कोरोना संक्रमण


ग्लोब नेपाल
0
Shares

काठमाडौं । पछिल्ला २४ घन्टामा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट संकलन गरिएका २ हजार ३५१ नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५७४ र एन्टिजेनबाट १ हजार ७७८ जनाको परीक्षण गर्दा तीनजनाको नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

यो अवधिमा तीन जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ पुगेको छ ।