सुनको मूल्यको फेरि नयाँ रेकर्ड कायम, कतिमा हुँदै छ कारोबाररु

सुनको मूल्यको फेरि नयाँ रेकर्ड कायम, कतिमा हुँदै छ कारोबाररु


ग्लोब नेपाल
270
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड राखेको छ ।  बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । बुधबार तोलामा ५०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपैयाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५००रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ७ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । सो दिन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुगेको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।