पाकिस्तानका पूर्व गृहमन्त्री शेख राशिद अहमद पक्राउ

पाकिस्तानका पूर्व गृहमन्त्री शेख राशिद अहमद पक्राउ


ग्लोब नेपाल
0
Shares

एजेन्सी । पाकिस्तानका पूर्व गृहमन्त्री तथा अवामी मुस्लिम लीगका नेता शेख राशिद अहमदलाई इस्लामाबाद प्रहरीले बिहीवार बिहान पक्राउ गरेको छ ।

अहमदले पूर्व राष्ट्रपति असिफ अली जरदारीका विरुद्ध दिएको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो । पाकिस्तान तहरीक ए इन्साफका प्रमुख इमरान खानको हत्या गर्नका लागि जरदारलिे षड्यन्त्र बनाएको भनी अहमदले आरोप लगाएका थिए । अहमदलाई इस्लामाबादस्थित घरबाट पक्राउ गरिएको उनका भतिजा शेख राशिद शफिकले बताए ।

जरदारीको दल पाकिस्तान पिपुल्स पार्टीका उपाध्यक्ष रजा इनायत उर रहमानले प्रहरीमा दिएको जाहेरीका आधारमा अहमदलाई पक्राउ गरिएको हो ।

इमरान खान स्वयंले पनि जनवरी २७ मा टेलिभिजनमा सम्बोधन गर्दै आफ्नो हत्याको षड्यन्त्रमा जरदारी संलग्न रहेको आरोप लगाएका थिए । प्लान सी अन्तर्गत एक आतंकवादी समूहलाई यसका लागि खटाइएको उनको दाबी थियो । तर उनले यस विषयमा कुनै प्रमाण दिएका थिएनन् ।