तत्काल वर्षा र हिमपातको सम्भावना छैन

तत्काल वर्षा र हिमपातको सम्भावना छैन


ग्लोब नेपाल
108
Shares

काठमाडौं । हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन । जसकारण तत्काल वर्षा र हिमपातको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू–भागहरूमा हुस्सु कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । यसैगरी, राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।