सन्दीपलाई धरौटीमा छाड्ने आदेशको सर्वोच्चबाट कैफियत प्रतिवेदन माग

सन्दीपलाई धरौटीमा छाड्ने आदेशको सर्वोच्चबाट कैफियत प्रतिवेदन माग


ग्लोब नेपाल
864
Shares

काठमाडौं । सर्वोच्च अदालतबाट क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न दिएको आदेशको कैफियत माग्ने आदेश भएको छ ।

लामिछानेलाई २० लाख धरौटीमा छाड्ने उच्च अदालत पाटनका अदेशविरुद्धको निवेदनमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ रहेको थियो । प्रारम्भिक सुनुवाइ पछि फुयालको एकल इजलासले उच्च अदालतको सबै कागजात (कैफियत प्रतिवेदन) माग गर्ने आदेश गरेको हो ।

नाबालिग बालिका बलात्कार गरेको अभियोग लगेका लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएको थियो । उच्च अदालतले जिल्ला अदालतको पुर्पक्षका लागि थुनामै राख्ने आदेश उल्टाएको थियो ।

उच्च अदालतको सो आदेश बेरितको रहेको भन्दै जिल्ला अदालतकै आदेश सदर गर्न माग गर्दै निवेदन दायर भएको थियो । लामिछानेविरुद्ध नाबालिग बालिकालाई जबरजस्ती करणीको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ ।