सुनको मूल्य १४ सय रुपैयाँले घट्यो

सुनको मूल्य १४ सय रुपैयाँले घट्यो


ग्लोब नेपाल
27
Shares

काठमाडौं । अघिल्लो दिन १२ सयले बढेको सुनको मूल्य शुक्रबार १४ सयले घटेको छ । आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा प्रतितोला १४०० ले घटेर १ लाख ६ हजार १ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा रहँदा प्रतितोला १ लाख ७ हजार ५ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ५ हजार ६ सय छ। यसको मूल्य अघिल्लो दिन रु १ लाख ७ हजार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३० ले घटेर रु १ हजार ३ सय ६५ तोकिएको छ ।