पाकिस्तानकोमा बस र ट्रक ठोकिदा १८ जनाको मृत्यु

पाकिस्तानकोमा बस र ट्रक ठोकिदा १८ जनाको मृत्यु


ग्लोब नेपाल
0
Shares

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबरपाकथुन्क्वा प्रान्तमा बस र ट्रक जुध्दा कम्तीमा १८ जनाको ज्यान गएको छ । पाकिस्तान प्रहरीका अनुसार बिहीबार राति त्यस प्रान्तको कोहत जिल्ला अन्तर्गत इन्डस राजमार्गमा बस र ट्रक एकआपासमा ठोक्किएका थिए ।

विपरीत दिशातर्फबाट आएको ट्रकले बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर हालसम्म बसमा सवार १८ यात्रुको ज्यान गएको बताइएको छ ।