राडी बजारमा स्थापना भएको नापी र मालपोत कार्यालय उद्घाटन भएदेखि नै बन्द

राडी बजारमा स्थापना भएको नापी र मालपोत कार्यालय उद्घाटन भएदेखि नै बन्द



सुर्खेत ।  रुकुम पश्चिमको आठबीसकोट-९ राडी बजारमा  मालपोत र नापी कार्यालय स्थापना हुँदा थपिएको उत्साह अहिले निरासामा बदलिएको छ । कार्यालय स्थापना भएको चार महिनादेखि ठुलो ताल्चाले कार्यालयलाई स्वागत गरिरहेको छ । कार्यालय असोज १० गते उद्घाटन गर्दा मात्र खुलेर त्यस यता पुरै समय बन्द भएपछि सेवाग्राहीको उत्साह निरासामा बदलिएको हो । 

जिल्लाको आठबीसकोट र बाँफीकोटका केही क्षेत्रलाई आधार मानेर कार्यालयमा साइनबोर्ड झुड्याएको छ । ‘उक्त कार्यालय सञ्चालनका लागि केन्द्रबाट न कुनै पत्र आएको छ न त बजेट नै’ मालपोत कार्यालय रुकुमपश्चिमका कार्यालयका प्रमुख ओमबहादुर केसीले बताए ।

दैनिक सेवा लिन सर्वसाधारणहरु आउने गरेपनि बन्द भएको कार्यालय हेरेर फर्कने गरेको स्थानीय कमल शाहले बताए । अहिले यहाँ तोकिएका कर्मचारीहरु सदरमुकाममा फर्कीएका छन् ।