दाउराको विकल्प गुइँठा

दाउराको विकल्प गुइँठा


ग्लोब नेपाल
1.9k
Shares

तराईमा दाउराको विकल्पमा गुइँठा बालिन्छ । दाउराको श्रोत वन जंगल मासिँदै गएपछि विकल्पको रुपमा गुइँठा बाल्न थालिएको हो । गुइँठा पशु मलमुत्रबाट बनाइन्छ, पशु मलमुत्रलाई ज्वलनशील बनाएपछि गुइँठा बन्छ । प्रस्तुत तस्बिर सुनसरी जिल्लाको भोक्रा नरसिंह गाउँपालिकामा रहेको नरसिंह गाउँको हो । यो यादव बस्ती इन्धनको रुपमा गुइँठा बाल्छ, जहाँ अधिकांश मानिस साकाहारी छन् । साकाहारी मानिस कृषि र पशुपालनमा रुचि राख्छन् । इन्धनको रुपमा गुइँठा प्रयोग गर्दा वातावरणलाई टेवा त पुग्छ, तर कृषि उत्पादनमा ह्रास आउनसक्ने विज्ञहरुको भनाइ छ ।