अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो


ग्लोब नेपाल
54
Shares

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको भाउ फेरि प्रति ब्यारेल ८० डलर नाघेको छ । कच्चा तेलको मूल्यमा आएको उतारचढावबीच पनि विश्व बजारमा पेट्रोल र डिजेलको मूल्य स्थिर देखिएपनि यसको मूल्य पुन वृद्धि हुने अनुमान गरिएको छ ।

गत साता अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको थियो । ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० डलरभन्दा तल थियो भने आज फेरि ब्रेन्ट तेलको मूल्यमा उछाल आएको छ । जसको मूल्य प्रति ब्यारेल ८०।१७ डलर पुगेको छ ।