के हो डिप्रेसन ? किन रोज्छन् आत्महत्या ?

के हो डिप्रेसन ? किन रोज्छन् आत्महत्या ?


ग्लोब नेपाल
756
Shares

मानसिक चिन्ताजनक असन्तुलन (डिप्रेसन) आधुनिक समाजमा बढ्दो सामान्य मानसिक असन्तुलन हो । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभरि लगभग १० कराेडभन्दा बढी मानिसहरू डिप्रेसन भएका मानिन्छ । तिनीहरूमध्ये २५ प्रतिशतभन्दा कमले उपचार पाएका हुन्छन् । सन् २०२० पछि विश्वमा डिप्रेसन मुटु रोगपछिको दोस्रो एकदमै महत्त्वपूर्ण स्वास्थ्य अवस्था भएको छ । यस्तो भएता पनि डिप्रेसन व्यापक रूपमा पत्ता नलाइएको एउटा रोग हो । मध्यम् डिप्रेसनले व्यक्तिका दैनिक क्रियाकलापहरूमा असर पार्छ भने गम्भीर डिप्रेसनले आत्महत्याकाे प्रयत्नसमेत गराउन सक्छ। यद्यपि, डिप्रेसनका धेरै अवस्थाहरू उपचार गर्न सकिन्छ र जति छिटो उपचार सुरु हुन्छ, यो त्यति प्रभावकारी हुन्छ ।

१. डिप्रेसन भनेको के हो ?
डिप्रेसनलाई पहिले मध्यम मानसिक असन्तुलनको वर्गअन्तर्गत एक प्रकारको न्यूरास्थेनिया भनिन्थ्यो । डिप्रेसन भएका मानिसहरुलाई दीर्घकालीनमा कमजाेर मनस्थिति, प्रत्येक कुराको रुचिमा कमी र शक्तिको कमी हुन्छ । उनीहरूका भावना यति खराब हुन्छन् कि उनीहरूले दैनिक जीवनको हस्तक्षेप गर्छन् । अमेरिकी मनोरोगसम्बन्धी एसोसिएसनको निदानात्मक मापदण्डको अनुसार तपाईंलाई न्यून मनस्थिति र शक्तिको कमीसहित निरन्तर २ हप्तासम्म डिप्रेसनका ५ वा सोभन्दा बढी शारीरिक वा मनोवैज्ञानिक लक्षणहरू देखा पर्छन् भने तपाईलाई मानसिक चिन्ताजनक असन्तुलन भएको भनिन्छ। तपाईंलाई निरन्तर रूपमा नकारात्मक विचारहरु आइरहन्छन् र तपाईंको दैनिक जीवनमा उल्लेखनीय रूपमा असर पार्छ ।

२. के कारणले डिप्रेसन हुन्छ ?
डिप्रेसन मस्तिष्कका बायो-केमिकल परिवर्तनहरूसँग सम्बन्धित हुन्छ । मस्तिष्कले न्यूरोट्रान्समिटर भनिने रसायनहरुद्वारा एउटा मस्तिष्क कोषबाट अर्को मस्तिष्क कोषमा संकेतहरु पठाउँछ । यी न्यूरोट्रान्समिटरहरूमा सेरोटोनिन, नोराड्रेनालिन र डोपामाइन पर्छन् । तिनीहरू मनस्थिति, सोचाइ र व्यवहार आदि जस्ता शारीरिक र मनोवैज्ञानिक प्रकार्यहरू नियन्त्रण गर्नको लागि उत्तरदायी हुन्छन्। न्यूरोट्रान्समिटरहरू सन्तुलन बाहिर छन् भने डिप्रेसन भएका मानिसहरुमा उचित तरिकाले कार्य गर्दैनन् ।

३‍. डिप्रेसनको रोकथाम कसरी गर्ने ?
– आफ्ना भावनाहरूको बारेमा कुरा गर्ने प्रयास गर्नुहोस् र आफ्नो तनावलाई उचित तरिकाले समन्वय गर्नुहोस् ।
– स्वस्थकर जीवनशैली कायम राख्नुहोस्, उदाहरण स्वास्थ्य क्रियाकलाप वा रुचिहरुमा संलग्न हुनुहोस् ।
– डिप्रेसनतर्फ खुला र सकारात्मक भाव अपाउनुहोस् ।
– समास्याको समाधान गर्नको लागि सक्रिय रूपमा मद्दत खोज्नुहोस् ।

४.डिप्रेसनका जोखिम कारक तत्वहरू के के हुन् ?
डिप्रेसनले सबै उमेरका मानिसहरूलाई असर पार्न सक्छ । डिप्रेसन विकास हुने निश्चित कारणहरू प्रत्येक व्यक्तिको लागि भिन्न हुन्छन्। यो शारीरिक, मनोवैज्ञानिक, वातावरणीय र वंशाणुगत तत्त्वहरूको कारणले गर्दा विकास हुन सक्छ । कहिलेकाहिँ सही कारण ज्ञात नहुनसक्छ ।

शारीरिक तत्त्वहरू
विभिन्न रोगहरु जस्तै संक्रमण, हाइपोथाइरोडिजम र ट्राउमा र मदिरा वा लागूपदार्थ दुर्व्यसनीका कारणले मस्तिष्कमा हुने परिवर्तनहरूले डिप्रेसन निम्त्याउन सक्छन् ।

मनोवैज्ञानिक तत्वहरू
नकारात्मक सोच र भावनाहरू निम्त्याउने स्वास्थ्यसम्बन्धी चिन्ता, दुखाइपूर्ण अनुभव, निश्चित व्यक्तित्व विशेषताहरु, जस्तै अधिक रुपमा तनावपूर्ण वा जिद्दी हुने

वातावरणीय तत्त्वहरू
जीवन र कार्यमा चाप, वित्तीय समस्या, जागिर गुमाउने, हासिल नगरिएका उद्देश्य, कार्य वा विद्यालयका समस्या, लभ ट्राउमा, वैवाहिक समस्या, पारिवारिक द्वन्द्व, सम्बन्ध कठिनाइ, पारिवारिक समस्याहरू बिरामी हुने, पारिवारिक बोझ, बालबालिकाहरू वृद्धि हुने र घर छोड्ने, वियोग आदि।

वंशाणुगत तत्त्वहरू
डिप्रेसन कहिलेकाहिँ परिवारमा रहन्छ । तपाईंको परिवारमा मानसिक चिन्ता असन्तुलन भएको इतिहास छ भने, तपाईंलाई यो रोग लाग्ने सम्भावना धेरै हुन्छ ।

५. डिप्रेसनका लक्षणहरू के के हुन् ?
धेरैजसो लक्षणहरू बिरामीहरूका शारीरिक र मानसिक भावनाहरू हुन् । तपाईलाई लामो समय अवधिसम्म तपाईंको दैनिक जीवन (कार्य र सामाजिक क्रियाकलापहरू)मा अवरोध गर्ने विभिन्न लक्षणहरू भएका छन् भने, तपाईं डिप्रेसनबाट पीडित हुन सक्नुहुन्छ ।
शारीरिक लक्षणहरु
टाउको दुख्ने अनिद्रा, व्यापक कमजोरीको महसुस हुने वाकवाकी लाग्ने, श्वास फेर्नमा समस्या हुने पाचन प्रणालीमा समस्याहरु हुने, थकावट र शक्तिको कमी हुने, धेरै सपनाहरु देख्ने र आफू पूरा रात नसुतेको, जस्तो महसुस हुने बयान गर्न नसकिने पीडाहरू
भावानात्मक लक्षणहरू
झर्को मान्ने, हतोत्साहित हुने, सुस्त मनस्थिति र प्रेरणाको कमी, कुराहरुको रुचीमा कमी हुने, अप्रिय अनुभवहरूका विचारहरू पुनरावृत्ति हुने, अयोग्यता, न्यून आत्म-सम्मान र दोषीका भावनाहरू उत्पन्न हुने, ध्यान केन्द्रित गर्न कठिनाइ हुनु, निराशा महसुस हुने, मृत्यु वा आत्महत्याका विचारहरू आउने

६. डिप्रेसनको निदान कसरी गरिन्छ ?
अमेरिकी मनोरोग सम्बन्धी एसोसिएसनको मानसिक असन्तुलनको निदानात्मक र सांख्यिकीय म्यानुअलको अनुसार, मुख्य मानसिक चिन्ता असन्तुलनको निदानात्मक मापदण्डमा निम्न कुराहरू पर्छन्
१. व्यक्तिको जीवनलाई उल्लेखनीय रूपमा हस्तक्षेप गर्ने निम्नलिखित तीनवटा मनस्थितिहरू मध्ये कम्तीमा एउटा
a. कम्तीमा २ हप्तासम्म धेरैजसो दिन, लगभग प्रत्येक दिन असामान्य चिन्तित मनस्थिति हुने
b. कम्तीमा २ हप्तासम्म धेरैजसो दिन लगभग प्रत्येक दिन असामान्य रूपमा रुची र हर्षमा कमी हुने
c. तपाईं १८ वा सोभन्दा सानो हुनुहुन्छ भने, कम्तीमा द्द हप्तासम्म धेरैजसो दिन, लगभग प्रत्येक दिन असामान्य रूपमा झर्को मान्ने ।
२. समान २ हप्ताको मानसिक रूपमा चिन्तित अवधिमा निम्नलिखित लक्षणहरू मध्ये कम्तीमा पाँच
वटा हुने ।
-असामान्य रूपमा चिन्तित मनस्थिति ९वा बच्चा वा किशोरकिशोरी हो भने झर्को लाग्ने मनस्थिति
– असामान्य रूपमा सबै रूची र हर्षमा कमी हुने
-भोजनइच्छा वा तौलमा अवरोधस्
– असामान्य रूपमा तौल घट्ने (आहार नगर्दा) वा भोजनइच्छामा कमी हुने ।
– असामान्य रूपमा तौल बढ्ने वा भोजनइच्छामा वृद्धि हुने ।
– सुत्नमा अवरोध, असामान्य अनिद्रा वा असामान्य अतिनिद्रा हुने ।
– क्रियाकलापमा अवरोध, असामान्य व्याकुलता वा असामान्य सुस्त हुने (अन्यद्वारा अवलोक गर्न मिल्ने)।
– असामान्य थकावट वा शक्तिमा क्षति हुने ।
– असामान्य स्वयं बदनामी वा अनुपयुक्त दोषी हुने ।
– असामान्य कमजोर ध्यानाकर्षण वा हिचकिचाहट हुने ।
– मृत्यु (मर्न नडराउने) वा आत्महत्याका असामान्य दूषित विचारहरू आउने ।
माथिका लक्षणहरूले तपाईंलाई विपत्तिमा पार्छन् वा तपाईंको आफ्नो दैनिक जीवनका कार्यहरु गर्ने क्षमतालाई खराब बनाउँछन्। तिनीहरूले तपाईंको कार्य, विद्यालय, सामाजिक अन्तरक्रिया वा पारिवारिक जीवनमा अवरोध पुयाउँछन् ।

७.डिप्रेसनका उपचारहरू के के हुन् ?
औषधिहरू
चिकित्सकहरूले डिप्रेसनको उपचार गर्न औषधिहरू निर्देश गर्न सक्छन् ।
१‍. एन्टिडिप्रेसेन्टहरूले मस्तिष्कमा न्यूरोट्रान्समिटरहरूलाई सामान्यकरण गर्नको लागि कार्य गर्छन् ।
२. ट्रान्क्वीलाइजरहरूले अस्थायी रूपमा चिन्ता कम गर्न मद्दत गर्छन् ।
औषधिहरूले ३ देखि द्४ हप्तामा डिप्रेसनका लक्षणहरूलाई हलुका गर्न सक्छन् र बिरामीहरूले ४ देखि ६ हप्तामा अझ राम्रो महसुस गर्न सक्छन् । सामान्यतया, बिरामीले लक्षणहरु हराएपछि कम्तीमा ४ देखि ९ महिनासम्म औषधिहरू सेवन गर्न जारी राख्नुपर्छ । गम्भीर वा बारम्बार पुनरावृत्ति भइरहने डिप्रेसनको लागि, बिरामीहरूले लामो समय अवधिसम्म औषधिहरूको सेवन गर्नुपर्छ । औषधिहरू चिकित्सकको निर्देशनमा मात्र रोक्नुपर्छ ।

औषधिहरुका प्रभावहरुमा (तपाईंको कुन प्रकारको एन्टि-डिप्रेसेन्ट प्रयोग गर्दै हुनुहुन्छ त्यसको आधारमा) निम्न कुराहरू पर्छन्:
कब्जियत, झाडापखाला, मुख सुख्खा हुने, वान्ता हुने, हलुका निद्रा लाग्ने, अनिद्रा, रिंगटा लाग्ने, टाउको दुख्ने, थकान महसुस हुने, तौल वृद्धि हुने, दृष्टि धमिलो हुने र श्वासप्रश्वासमा कठिनाइ हुने ।
सबै जनालाई समान पार्श्व प्रभावहरू हुँदैनन् । साथसाथै, पार्श्व प्रभावहरू प्राय अस्थायी हुन्छन् र समयसँगै कम हुँदै जान्छन्।
सावधानी
मनोविश्लेषणात्मक थेरापी वा मनोगतिशील थेरापी
मनोथेरापीले बिरामीहरुलाई आफ्नो सोचाइको नकारात्मक शैलीहरुलाई परिवर्तन गरी सकारात्मक व्यवहार देखाउन मद्दत गर्ने उद्देश्य राख्दछ, जसले गर्दा तिनीहरूका भावनात्मक समस्याहरूलाई उद्देश्यपूरक रूपमा र प्रभावकारी रूपमा समाधान हुनसक्छन् । चिकित्सा पेशेवरहरूले बिरामीहरूलाई आफ्नो डिप्रेसनका ट्रिगरिङ तत्वहरू पत्ता लगाउन मद्दत गर्नेछन् । आवश्यक हुँदा, अझ राम्रो नतिजा प्राप्त गर्न यसलाई औषधिहरूसँग प्रयोग गरिन्छ ।
संज्ञानात्मक व्यवहारात्मक थेरापी (CBT)
यसले विचार विश्लेषणमार्फत बिरामीहरूलाई सोचाई र जीवनशैलीको नयाँ तरिका विकास गर्न मद्दत गर्छ। उपचारको अवधि पूर्वनिर्धारित थेराप्यूटिक लक्ष्यहरु सहित प्रायः गरी अल्पकालीन हुन्छ। मनोविश्लेषणात्मक थेरापीले बिरामीहरूलाई विगतका अनुभव र सोचाइहरूलाई विश्लेषण गरी सचेत दिमागको बारेमा बुझ्न मद्दत गर्दछ जसले हालका अनुभव र व्यवहारहरूलाई प्रभाव पार्छन् । यो गहन र कहिलेकाहीं दीर्घकाली थेरापी प्रक्रिया हो।
इलेक्ट्रोकन्भल्सिभ थेरापी
औषधिहरू र मनोथेरापीद्वारा निको नहुने खालका गम्भीर डिप्रेसन भएका मानिसहरूलाई चिकित्सकहरूले इलेक्ट्रोकन्भल्सिभ थेरापी सुझाव दिन सक्नेछन् । इलेक्ट्रोकन्भल्सिभ थेरापीमा, डिप्रेसनका लक्षणहरूबाट आराम दिन मस्तिष्कमार्फत विद्युतीय करेन्ट पास गरिन्छ । यो उपचारको कार्य व्यक्तिको आवश्यकतामा निर्भर रहन्छ । ECT गर्नुअघि, बिरामीलाई छोटो एनेस्थेसियामा राखिन्छ । बिरामीको टाउकोमा विद्युतीय झट्का दिइन्छ जसले मस्तिष्कमा सेरोटोनिन र नोराड्रेनालाइन जस्ता मस्तिष्कसँग सम्बन्धित रसायनहरूका स्तरहरू बढाउन सक्छन् ।

यदि तपाईं मानसिक रूपमा चिन्तित हुन्छु भने आफ्नो स्याहार कसरी गर्ने ?
क्लिनिक मनोरोग विशेषज्ञ, पारिवारिक चिकित्सक, मनोवैज्ञानिक, परिचारिका, सामाजिक कार्यकर्ता, व्यावसायिक थेरापिस्टहरू आदि जस्ता पेशेवरहरूबाट सुझाव लिनुहोस् । उनीहरूसँग परामर्श दिनेमा व्यावसायिक सीपहरू हुन्छन् र तिनीहरूले तपाईंलाई सकारात्मक रूपले समस्याको समाधान गर्न मद्दत गर्न सक्छन् । आफ्नो परिवार र साथीहरुलाई आफ्ना भावनाहरु थाहा दिनुहोस्, अन्य व्यक्तिहरुबाट मद्दत खोज्नुहोस्, आफ्नो लागि वास्तविक लक्ष्यहरू सेट गर्नुहोस् र वहन गर्न नसकिने बाध्यताहरू त्याग्नुहोस् र चापबाट आराम प्राप्त गर्नको लागि नियमित रूपमा व्यायाम गर्नुहोस् ।

८. डिप्रेसन भएका मानिसहरूलाई कसरी मद्दत गर्ने ?
– सहायता, बुझाइ, धैर्यता र प्रोत्साहन प्रस्ताव गर्नुहोस्।
-तिनीहरूलाई आफ्ना अनुभूति र समस्याहरू व्यक्त गर्न प्रोत्साहन गर्नुहोस्
-तिनीहरुलाई सामाजिक क्रियाकलापहरूमा संलग्न हुन प्रोत्साहन गर्नुहोस् ।

स्रोतः स्मार्ट प्यासेन्ट