काठमाडौँ । आज विश्व ब्रेल दिवस । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१९ देखि मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य दृष्टिविहीन र आंशिक दृष्टिविहीन व्यक्तिहरूलाई मानव अधिकारको पूर्ण अनुभूतिमा सञ्चारको माध्यमको रूपमा ब्रेलको महत्त्वबारे चेतना जगाउनु हो ।
विश्व ब्रेल दिवस अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिको धारा २ मा प्रतिबिम्बित भएअनुसार शिक्षा, अभिव्यक्ति र विचारको स्वतन्त्रताका साथै सामाजिक समावेशीकरणको सन्दर्भमा ब्रेल आवश्यक छ ।
राष्ट्रसंघका अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिस दृष्टिसम्बन्धी समस्याबाट पीडित छन् । दृष्टि समस्याका कारण उनीहरू स्वास्थ्य सेवा, शिक्षा, रोजगारी र समुदायमा सहभागी हुने अवसरबाट वञ्चित हुने सम्भावना अधिक हुनाका साथै उनीहरू गरिबी, हिंसा, बेवास्ता र दुर्व्यवहारको जोखिममा रहेका छन् ।
प्रतिक्रिया