अर्थतन्त्रमा सुधार : चालु खाता घाटा २९ अर्बमा सीमित, शोधनान्तर स्थिति बचतमा

अर्थतन्त्रमा सुधार : चालु खाता घाटा २९ अर्बमा सीमित, शोधनान्तर स्थिति बचतमा


ग्लोब नेपाल
378
Shares

काठमाडौं । नेपालको चालु खाता घाटा सुधारिएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।

केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको ६ महिनाको आर्थिक तथा वित्तीय तथ्यांकअनुसार समीक्षा अवधिमा चालु खाता २९ अर्ब ४७ करोड रुपैयाँले घाटामा छ ।

गत वर्षको यही अवधिमा चालु खाता ३ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.१ प्रतिशतले कमी आई ४ अर्ब ४३ करोड रुपैयाँ कायम भएको छ । यस्तै, खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ४८ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ३४ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब १० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा छ ।