टर्की भूकम्प : ३६ घण्टामा १०९ पराकम्प

टर्की भूकम्प : ३६ घण्टामा १०९ पराकम्प

पाँच हजार मानिसले ज्यान गुमाए


ग्लोब नेपाल
216
Shares

टर्की । टर्कीमा गएकाे भूकम्पकाे १०९ वटा पराकम्प जाँदा तीन शक्तिशाली भूकम्प गएकाे छ । टर्कीलाई केन्द्रविन्दु बनाएर साेमबार ७.८ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प गएकाे थियाे । साे भूकम्पकाे ३६ घण्टामा १०९ वटा पराकम्प जाँदा तीनवटा पराकम्प ७.५ म्याग्निच्युडकाे मापन गरिएको छ ।

पछिल्लाे विवरणअनुसार साे भूकम्पबाट पाँच हजार मानिसले ज्यान गुमाइसकेका छन् भने ५६ सयभन्दा बढी घर तथा कार्यालयहरु ध्वस्त भएकाे अधिकारीहरुले जनाएका छन् ।

भग्नावशेषबाट जीवित रहने आशामा निरन्तर प्रयत्न गरिरहेका उद्धार टोलीका सदस्यले पानी परेसँगै बढेकाे चिसाेका कारण उद्धार कार्यमा समस्या भएकाे बताएका छन् ।