माओवादी उपमहासचिव वर्षमान पुन चीन प्रस्थान

माओवादी उपमहासचिव वर्षमान पुन चीन प्रस्थान



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन प्रस्थान गरेका छन् । पत्नी ओनसरी घर्तिमगरसहित उनी फलोअपका लागि मंगलबार चीन प्रस्थान गरेका हुन् ।

चाइना साउर्थनको एयरबाट उनी चीन गएका हुन् । जन्डिसबाट पीडित पुन चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा नियमित उपचार गराउँदै आएका छन् ।

स्वास्थ्यकर्मीको परामर्शपछि उनी उपचारका लागि चीन गएका हुन् । केही दिनअघि रोल्पाको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा पुनको स्वास्थ्यमा समस्या आएको थियो। लगत्तै उनलाई हेलिकोिप्टरबाट काठमाडौं ल्याइएको थियो ।