काठमाडौं । महाशिवरात्रीका दिन पशुपति क्षेत्रमा हुने चहलपहललाई सहज बनाउन ट्राफिक प्रहरीले सवारी साधनको डाइभर्सन तोकेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रीमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन मिलाएको हाे । पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरेर ट्राफिक व्यवस्थापन गरेको हो ।
अन्य नियमित दिनझैँ चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको तर भक्तजनहरुको भिडभाड अत्याधिक भई सवारी सञ्चालनमा समस्या हुने अबस्था देखिएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइएकाे छ ।

यस्तो छ, सवारीरुट
बस तथा माईक्रोबसहरू
- रत्नपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेश्वर, तिनकुने, सिनामंगल हुदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुदैं रत्नपार्क फिर्ता हुने ।
- रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुदैँ जमल सम्म तत्पश्चात महेन्द्रशालिक तिनधारा पाठशाला हुदैँ रत्नपार्क फिर्ता हुने ।
- कालोपुल हुदैं कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुदैँ महाराजगंजको बाटो चलाउने ।
- माइक्रोबस तथा टेम्पोहरू
- सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चावहिल हुँदै बौद्ध तर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चावहिल गणेशस्थान, चावहिल हुँदै जोरपाटी मार्ग हुदैं चलाउने ।
- जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चावहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुदै सुन्धारा चलाउने ।
- मालवाहक सवारी साधनहरू
- जोरपाटी, बौद्ध, चावहिल हुदैँ महाराजगंज तर्फ जाने मालवाहक सवारी साधनहरु चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुदैँ सुकेधारा, महाराजगंज तर्फ जानु पर्ने ।
- कोटेश्वर, तिनकुने, गौशाला हुदैँ बौद्ध वा सुकेधारा तर्फ जाने मालवाह सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगंज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुदैँ बौद्ध तर्फ जाने ।
- कोटेश्वर तिनकुने हुदैँ पशुपति वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्नेछन् ।
- महाराजगंज, चावहिल हुदैं पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने ।
- कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुदैँ बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।
पार्किङ
१. तीलगंगा आंखा अस्पताल अगाडी : तीर्थयात्री, दर्शनार्थी र पर्यटक (विदेशी) हरूका सवारी साधनहरु ।
२. देवउद्यान स्थित कोषको कार्यालय र भण्डारखाल : पास वाहक सरकारी र प्रहरीका सवारीका साधनहरु मात्र ।
३. सिफल चौर : पासवाला सवारी साधन र स्थानीय दर्शनार्थीका सवारी साधनहरू ।
४. गुह्येश्वरी पारी : गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउने तीर्थंयात्रीहरूका सवारी साधनहरू ।
५. वनकाली क्षेत्र : महाशिवरात्रिको अवसरमा शिविर संचालन गर्ने संघ संस्थाहरुको सवारी साधन, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङ्करहरु ।


प्रतिक्रिया