सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार



काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । मुम्बईमा सांसद भण्डारीको उपचारमा संलग्न रहेका चिकित्सकहरूले सांसद भण्डारीको अवस्था क्रमिक रूपमा सुधार हुँदै गइरहेको जानकारी दिएका हुन् ।

सांसद भण्डारीको प्लेटिलेट्सको मात्रा बढेको छ भने पिसाबको मात्र नर्मल देखिएको चिकित्सकहरूले जानकारी दिएका छन् ।भण्डारीको शरीरबाट ज्वरो पनि हटेकाे बताइएकाे छ ।

सबै अंगहरूले नर्मल रूपमा काम गरिरहेको र स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी डाक्टरहरूले दिएका छन् ।

गत फागुन ३ गते राति बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा गम्भीर घाइते भएका थिए ।

सांसद भण्डारीकी आमाको कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो । सोही दिन सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको हाे ।