माधव नेपाललाई भेट्न पुगे चिनियाँ राजदूत

माधव नेपाललाई भेट्न पुगे चिनियाँ राजदूत



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि नवनियुक्त चिनीयॅा राजदूत छेन सङबिच भेटवार्ता भएको छ ।

बुधवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका चिनियाँ राजदुत सङले अपरान्ह नेकपा एसका अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन । 

‘कोटेश्वरस्थीत अध्यक्ष नेपालको नीजि निवासमा आज दिउॅसो भएको भेटमा अध्यक्ष नेपालले नयॅा राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो,’ नेपालका सहयोगी मोहन गौतमले जानकारी दिए । 

उनका अनुसार राजदूतको रूपमा नेपाल आउन पाउॅदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताएका थिए ।

दुवै नेताबीच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध बिषयमा कुराकानी भएको नेपालको सचिवालयले जानकारी दिए ।