गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा गणपूरक सांसद संख्या नभएको भन्दै नियमापत्ति जनाएका थिए ।

२७५ सांसद रहेको प्रतिनिधिसभामा ५० जनामात्रै सांसद रहेपछि सभामुख देवराज घिमिरेले फागुन १५ गते बस्नेगरी बैठक स्थगित गरेका छन् । राष्ट्रपति निर्वाचनले राजनीति गर्माएको बेलामा सांसदहरु बैठक छाडेर हिँडेका हुन् ।