चितुवाको हड्डीसहित दुई जना पक्राउ

चितुवाको हड्डीसहित दुई जना पक्राउ



डडेल्धुरा । अमरगढी नगरपालिका-५ बागबजारबाट चितुवाको हड्डी जस्तो देखिने वस्तु करिब ४ किलोसहित दुई जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा बाजुरा बुढीगंगा नगरपालिका-१० बस्ने २६ वर्षीय  राजेन्द्र जैसी र खप्तडछेडेदह गाउँपालिका-७ बस्ने २७ वर्षीय बीर बहादुर वली रहेका छन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।