राष्ट्रपतिलाई बुझाए प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन

राष्ट्रपतिलाई बुझाए प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन


ग्लोब नेपाल
891
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् ।

प्रधानमन्त्रीले आज राष्ट्रपति कार्यालय शितल निवास पुगेर उक्त प्रतिवेदन बुझाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

संविधानको धारा ५३ बमोजिम राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७८/०७९ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।