काठमाडौं । ओखलढुंगा कांग्रेस पूर्व जिल्ला उपसभापति हेमप्रसाद दाहाल र उनकी पत्नी बेदुका दाहाल घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । ७० वर्षीया हेमप्रसाद र ६९ वर्षीय बेदुका घरबाट ५० मिटर टाढा रहेको बेग्लाबेग्लै रुखमा झुण्डिएको मेलुङ गाउँपालिका वडा नं. २ का अध्यक्ष टंक कार्कीले जानकारी दिए । उनी पूर्वसांसद चन्द्रकान्त दाहालका सहोदर माइला भाइबुहारी हुन् । मृतक दम्पतीको एक छोरा र पाँच छोरी छन् ।
आइतबार राति २ बजेतिर उनीहरु बेपत्ता भएका थिए । उनीहरुको शब बिहान ९ बजे रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । यो समाचार तयार पार्दासम्म प्रहरीले मुचुल्का उठाउने काम भइरहेको वडाध्यक्ष कार्कीले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
प्रतिक्रिया