माधव नेपाल र केपी ओलीबीच भेट 

माधव नेपाल र केपी ओलीबीच भेट 



काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रातृशोकमा परेका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई भेटेर समवेदना प्रकट गरेका छन् । 

अध्यक्ष नेपालका भाइ सरोजकुमार उपाध्यायको गत शनिबार निधन भएको थियो । भ्रातृशोकमा रहेका अध्यक्ष नेपाललाई बुधबार किरियापुत्री घरमा पुगेर अध्यक्ष ओलीले समवेदन व्यक्त गरेका हुन् ।