सांसद खतिवडाद्वारा बस दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्दार

सांसद खतिवडाद्वारा बस दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्दार


ग्लोब नेपाल
9.7k
Shares

काठमाडौं। आइतबार बिहान ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं आइरहेको बा २ ख ६५९६ नम्बरको बस तिब्र गतिको कारण सडकको भित्तामा ठोक्किएर सिन्धुलीमा दुर्घटना हुँदा ७ जनाको निधन भइसकेको छ भने २८ जना घाइते भएका छन् । गम्भीर घाइते भएका ८ जनाको उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको सांसद रामहरि खतिवडाले जानकारी दिए ।

सांसद खतिवडाको पहलमा ८ जना गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको हो । सांसद खतिवडाको विशेष अनुरोधमा सरकार र नेपाली सेनाले घाइतेको उद्दारका लागि हेलिकोप्टर पठाएको थियो । सांसद खतिवडाले घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन् ।

यसअघिको दुर्घटनामा पनि सांसद खतिवडाले घाइतेलाई हेलिकोप्टरमार्फत् काठमाडौं ल्याएर उपचार गराएका थिए । त्यसबेला उपचारमा लागेको खर्चसमेत बक्यौता रहेको गुनासो सांसद खतिवडाले गरेका छन् ।