नेप्से २६.८० अंकले घट्यो, सबै उपसमूहको परिसूचक ओरालो

नेप्से २६.८० अंकले घट्यो, सबै उपसमूहको परिसूचक ओरालो



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्स परिसूचक १.३४ प्रतिशतले घटेको छ । यस दिन नेप्से २६.८० प्रतिशतले घटेर १९७५.८९ को विन्दुमा पुगेको छ । गएको बिहीबार नेप्से ५० अंकले बढेको थियो ।

आइतबार २६० कम्पनीको एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५१० रुपैयाँबराबरको ४७ लाख ७२ हजार १४० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन १३ मध्ये सबै उपसमूहको समूहगत परिसूचक पनि ओरालो लागेको छ । बैंकिङ समूहको सर्वाधिक १.७१ प्रतिशतले घटेको छ ।

सेन्सेटिभ इन्डेक्स पनि १.४८ प्रतिशतले घटेर ३७३.९० को विन्दुमा झरेको छ ।