सिन्धुली फिक्कल बस दुर्घटनाः अझै एक पुरुष र दुई महिलाको सनाखत हुन बाँकी (नामावलीसहित)

सिन्धुली फिक्कल बस दुर्घटनाः अझै एक पुरुष र दुई महिलाको सनाखत हुन बाँकी (नामावलीसहित)


ग्लोब नेपाल
972
Shares

काठमाडौं । ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु हुनेमा ३ पुरुष र ३ महिला छन् । मृतक ओखलढुंगा मानेभन्ञ्जायङ–६ का २४ वर्षीय देवबहादुर सार्की, सिद्धिचरण नगरपालिका–३ का पेशल भुजेल, उदयपुर कटारी नगरपालिका–२ का कुमारी क्याप्छाकी रहेका छन् भने एक पुरुष र दुई महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । घाईते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको बताइएकाे छ । बसमा ३५ जना यात्रु सवार थिए । बसका चालक ४५ बर्षीय लालबहादुर तामाङको दाहिने आँखामाथि सामान्य चोट लागेको छ । उनको सामुदायिक अस्पताल घुर्मीमा उपचार भईरहेको छ ।

घाइते हुनेहरुमा ओखलढुङ्गा मोलुङ गा.पा.- ५ बस्ने बर्ष २० को एकराज तामाङ, सिद्दिचरण न.पा. -४ बस्ने तेजकुमार श्रेष्ठ, सिद्दिचरण न.पा. -५ बस्ने बर्ष ३९ का खेमप्रसाद दाहाल, मानेभञ्याङ गा.पा. -४ बस्ने बर्ष १२ का पुकार राई, मानेभञ्याङ गा.पा. -४ बस्ने बर्ष १८ का अर्पणा राई, सोलु जुगु घर बताउने बर्ष २१ की शान्ता सेन्चुरी, सिद्दिचरण न. पा. १२ बस्ने बर्ष २१ की भानुलक्ष्मी गिरी रहेका छन् । त्यसैगरी बर्दियाकाे बारा बर्दिया नगरपालिका- ५ बस्ने बर्ष ३४ की निरु चौधरीको ढाडमा चोट लागेकाे छ । चौधरी नेपाल आर्मीको स्टाफ हुन् ।

माम्खा–७ का एकबहादुर राई, भक्तपुर सूर्यविनायक–४ का ज्योति प्रजापतिको टाउकोमा चोट, ललितपुर महालक्ष्मी नगरपालिका–१५ का महेश श्रेष्ठ, वतन नखुलेको शारदा श्रेष्ठको टाउकोमा चोट, रुम्जाटार–४ का धु्रव भुजेलको शरीरका विभिन्न भागमा चोट, मानेभञ्ज्याङ–६ का दिपाशेर राई, मानेभञ्ज्याङ–६ का भूपेन्द्र धमला, सिन्धुली फिक्कलका ढुण्डिराज सुनुवार, सिन्धुली–१३का प्रदीप सुवेदी, ओखलढुंगा मानेभञ्ज्याङ–४ का दिविका राई र मिसन राई, सोलु दुधकुण्डका लेखबहादुर भुजेल, ओखलढुंगा मानेभञ्ज्याङ–६ का श्रीदेवी राई, रुम्जाटार–९ का राजन बस्नेतको खुट्टामा चोट लागेको प्रहरीले बताएको छ ।