नेपालमा सार्वजनिक निर्माण कार्यको सुरुवात भएको पनि लामै समय भयो । वि.सं. १९६७ तिर नै जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेको सो समयमा रेलमार्ग, सडक, सुरुङ्ग, रोपवे, नहर, ठूला भवनहरु निर्माणको सुरुवात भइसकेको थियो । जुन समयमा यूरोप अमेरिका पनि भौतिक पूर्वाधार निर्माणमा अघि बढ्दै थियो । सो समयमा नेपाल पनि यस्ता पूर्वाधार निर्माणको सुरुवात चरणमा प्रवेश गर्दै थियो ।
न्यून कर उठने राणाकालमा उठेको करको धेरै रकम त्यसब खतका राज्य सत्तामा रहेका राजा महाराजा र उनकै साखा सन्तानको भोग विलासमै खर्च हुन्थ्यो । साथै सो समयमा उठेको कर लाई श्री ३ महाराजले आफ्नै तजविजमा खर्च गर्ने भएकोले सो राज्यकोषको हर हिसाब अन्यलाई देखाई रहन पर्देन थियो । जसका कारण श्री ३ हरु देश विकासप्रति उत्तरदायित्व बोध गर्दैन थिए । आफु र आफ्ना परिवार आर्थिक रुपले सम्पन्न नभइन्जेल कुनै पनि राणा प्रधानमन्त्रीहरुले देश विकासमा ध्यान दिएनन् । त्यसैले गर्दा सो समयमा कछुवाको गतिमा नेपालको भौतिक पूर्वाधारको विकास भयो । जसले गर्दा त्यस बखत युरोप, अमेरिका, अझ भनौ भारत मै रेलमार्गको ब्यापक संजाल विछ्याउदा पनि नेपालमा रक्सौल–अमलेखगञ्जसम्म मात्र रेलमार्गको निर्माण गरियो ।
त्यस बखत यदि राणा प्रधानमन्त्रीहरुले रेलमार्ग बनाउन ध्यान दिएका भए सोही समयमा नेपालमा ब्यापक मात्रामा रेलमार्ग संजाल निर्माण गर्न सकिन्थ्यो । जब कि त्यस बखतमा बृटिशहरुले भारतमा रेल संजाल विस्तार गर्न नेपालकै जंंगलहरु ब्यापक फडानी गरी रेलको लिक विछ्याउनको लागि नेपालकै काठ हरु प्रयोग भए । तर नेपालमा पनि रेलमार्गको ब्यापक संजाल बनाउनु पर्छ भन्ने सोच त्यसबेलाका शासकहरुमा पलाएन । जसले गर्दा आज पनि नेपाल रेलमार्गको विकासमा धेरै पछाडि छ ।
राज्य संचालकहरुलाई देशमा भौतिक पूर्वाधार गर्नु पर्छ भन्ने सामान्य सोचसम्म रहेन । आफु र आफ्नो परिवारको जिन्दगी आराम पूर्वक बिताउन राज्यकोषको सम्पत्ति समेत दुरुपयोग गर्न थाले ।
१९ औ शताब्दिमा संसारमै भौतिक पूर्वाधार विकासको थालनी युद्धस्तरमा हुन थाल्यो । त्यसबखत बेलायत, फ्रान्स, इटजी, जर्मनी जस्ता प्रभावशाली देशहरुले आफ्नो देशलाई पूर्वाधार विकासमा सम्पन्न गराउन अन्य देशहरुलाई उपनिवेश बनाई ती देशहरुका रिसोर्सहरु कब्जा गरी आफ्नो देशलाई पूर्वाधार निर्माणमा सम्पन्न गर्ने लक्ष्य अघि बढ्दा नेपालमा त्यस बखतका हाम्रा शासकहरु अंग्रेजको पिछलगु भएर आफ्नो सत्ता बलियो बनाउन तर्फ लागे । जसको फलस्वरुप नेपालमा भौतिक पूर्वाधाले गति लिन सकेन । त्यसब खत राणाहरुले नेपाली युवाहरुलाई देश निर्माणमा लगाउनुको साटो बृटिशहरुको सेनामा भर्ना हुनको लागि उत्प्रेरित गरिदिए । सोही कारण नेपालका लाखौ युवाहरु ब्रिटिश सेनामा भर्ना हुन गए । जसले गर्दा नेपालका धेरै गाउहरु युवा विहिन हुन पुगे ।
प्रथम विश्वयुद्ध र दोश्रो विश्वयुद्धमा नेपाली युवाहरुलाई जबरजस्त होम्न लगाइयो । सोही कारण लाखौ युवाहरु मारिए, अंगभंग, बेपत्ता भए । यसरी देश विकासमा लाग्नु पर्ने देशका युवाहरुलाई भाडाको सिपाही बनाएर विदेशीलाई खुशी पार्दा त्यस बखतका शासकहरुलाई आफ्नो सत्ता टिकाउन र आफ्नो शाखा सन्तानलाई आर्थिक रुपमा मजबुद बनाउन त सफल भए होलान तर देश र जनताले त्यसबाट कुनै लाभ लिन सकेनन् । जसले गर्दा नेपाल भौतिक पूर्वाधार विकासमा निकै पछि पर्यो भन्नेमा अतिसय नहोला ।
वि.सं. २००७ सालमा देशमा राणा शासन समाप्त भएर प्रजातन्त्र आयो तर देशमा व्यवस्था परिवर्तन भए पनि देशको पूर्वाधार निर्माणको अवसर परिवर्तन हुन सकेन । प्रजातन्त्रको आगमन भए पनि नेताहरुको शैली उही राणाकालिन जस्तै रह्यो । सत्ता स्वार्थका कारण आफ्नो सत्ता शासन टिकाउन देशी विदेशी सबै तत्व सँग जायज नाजायज सबै कुरा गर्न पछि परेनन् । राज्य संचालकहरुलाई देशमा भौतिक पूर्वाधार गर्नु पर्छ भन्ने सामान्य सोचसम्म रहेन । आफु र आफ्नो परिवारको जिन्दगी आराम पूर्वक बिताउन राज्यकोषको सम्पत्ति समेत दुरुपयोग गर्न थाले ।
निर्माण व्यवसायी ,राज्यसंचालक, कर्मचारी वर्गहरुले आफ्नो कर्तव्यलाई इमान्दारीतापूर्वक बहन गरेर देशको भौतिक पूर्वाधार विकासलाई उचाइमा पु-याउने दृढ संकल्प गर्नु पर्दछ ।
जसरी राणा सरकारका प्रधानमन्त्रीहरुले राज्यकोषलाई आफ्नै बपौती जस्तो ठाने त्यसैगरी प्रजातान्त्रिक र गणतान्त्रिक भनेका र प्रजातन्त्र र जनताको मुक्तिका लागि जेलनेल खाएर दुःख पाएका भनिएका नेताहरु पनि जनताले रगत र पसिनाबाट तिरेको करलाई त्यसैगरी दुरुपयोग गर्न थाले । सोही कारणले गर्दा देशको भौतिक पूर्वाधार विकासमा लगाउनु पर्ने रकमहरु राज्य संचालकहरुले आफ्नै तजविजमै खर्च गर्न थाले । जसले गर्दा नेपालको भौतिक पूर्वाधार विकास निक्कै पछाडि पर्यो । अत्याधिक राज्यकोष दोहनको कारण भौतिक पूर्वाधार निर्माण क्षेत्रमा लगानी गर्नुपर्ने समयमा राज्यको पुँजी बेहिसाब खर्च हुँदा हरेक पूर्वाधार निर्माण अधकल्चो र अपूर्ण हुन गए । जसले गर्दा भौतिक पूर्वाधारबाट जनताले पाउनुपर्ने सुविधाबाट बञ्चित हुनु पर्यो भने देश पूर्वाधार विकासमा संसारकै हरितन्नम देशमा गनिन पुग्यो ।
प्रजातान्त्रिक र गणतान्त्रिक कालका नेताहरु पनि आफ्नो सत्ता टिकाउन अनेक तिकडम गरिरहँदा देश विकास गर्न असक्षम सावित भए । जसको कारण भौतिक पूर्वाधार निर्माण गर्ने उचित ऐन कानुन निर्माण हुन सकेनन् । जसले गर्दा समयमा निर्माण कार्य सम्पन्न नहुने, निर्माणकायको गुणस्तरमा प्रश्न उठने अनि यही क्षेत्रलाई आर्थिक दोहन गर्ने माध्यम बनाइदा यो व्यवसाय अत्यन्तै बदनाम हुन पुग्यो । साथै देशको भौतिक पूर्वाधार निर्माण पनि कछुवा गतिमा अघि बढ्यो । यसको सम्पूर्ण दोष निर्माण व्यवसायीहरुमाथि थुपारेर आफु पानी माथिको ओभानो हुन खोजेका नेतृत्व वर्ग, कर्मचारीतन्त्र र नीतिगत तहमा रहेका हरुले यसको जिम्मेवारि लिनु पर्छ कि पर्दैन ? यो सोचनिय विषय हो ।
अत: देश निर्माण गर्नको लागि उचित वातावरण बनाउने भनेको राज्य संचालक, नेतृत्व वर्ग र कर्मचारी तन्त्र नै हो । कुनै पनि कार्य गर्नको लागि उचित ऐन, कानुनहरु बनाउनु पर्छ । अनि उचित नीतिले नै उचित प्रतिफलको अवसर सिर्जना गर्दछ । त्यसैले आफ्नो जिम्मेवारीलाई निर्माण व्यवसायी ,राज्यसंचालक, कर्मचारी वर्गहरुले आफ्नो कर्तव्यलाई इमान्दारीतापूर्वक बहन गरेर देशको भौतिक पूर्वाधार विकासलाई उचाइमा पु-याउने दृढ संकल्प गर्नु पर्दछ ।
लामिछाने नेपाल निर्माण व्यवसायी महासंंघका केन्द्रीय सदस्य हुन्
प्रतिक्रिया