के छ बाबुरामले दिएकाे राजनीतिक अर्थव्यवस्थाकाे प्रवचनमा (पूर्ण पाठसहित)

के छ बाबुरामले दिएकाे राजनीतिक अर्थव्यवस्थाकाे प्रवचनमा (पूर्ण पाठसहित)



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली सेनाको तालिममा पुगेर सरकारका उच्च अधिकृतलाई ‘नेपालको राजनीतिक अर्थव्यवस्था’बारे बारे प्रवचन दिएका छन् ।

निजामती, सैनिक तथा अन्य सुरक्षा निकायका वरिष्ठ अधिकृत (प्रथम श्रेणीका) लाई नेपाली सेनाले गरेको तालिममा व्याख्यानका लागि बुधबार भट्टराईलाई बोलाइएको थियो । सेनाको स्टाफ कलेज शिवपुरीमा आयोजित कार्यक्रममा डा. भट्टराईले ‘नेपालको अर्थ राजनीति : सम्भावना र चुनौती’ विषयमा प्रवचन दिए ।

पावर प्वाइन्टका माध्यमबाट भट्टराईले व्याख्यान गर्दै विश्वको अर्थ राजनीतिक प्रवृति, विकास र समृद्धिको अवधारणाका साथै विकासको मोडेलबारे समेत व्याख्या गरेका थिए ।

भट्टराईले नेपाललाई ३ वर्षभित्र विकासशील, १० वर्षभित्र मध्यम आयस्तर र २० वर्षभित्र प्रथम विश्वको हैसियतमा पुर्‍याउन सकिने भन्दै त्यसका लागि चाहिने शर्तहरु बारे जानकारी गराएका थिए ।

डा .भट्टराईले दिएको प्रस्तुति