सरकारी निवास छाडे उपराष्ट्रपति पुनले

सरकारी निवास छाडे उपराष्ट्रपति पुनले



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीबार सरकारी निवास छाडेका छन् । शुक्रबार उपराष्ट्रपतिका लागि निर्वाचन हुँदै छ । यसको अघिल्लो दिन बिहीबार नै उपराष्ट्रपति पुनले सरकारी निवास छाडेका हुन् । 

उनको निजी सचिवालयका अनुसार पुन काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सरेका हुन् । उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाइ सहजताका लागि पुनले सरकारी निवास खाली गरिदिएको उनका प्रेस संयोजक मनोज घर्तीमगरले बताए ।

३ चैतमा निर्वाचित उपराष्ट्रपतिले पदभार ग्रहण नगर्दासम्म पुन निजी निवासबाटै उपराष्ट्रपति कार्यालयमा आउजाउ गर्नेछन् ।