काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालय घेराउ गर्न गएका सेयर लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल धितोपत्र बोर्डसँग यस अघि भएका सहमतिअनुसार नेप्सेले गर्नु पर्ने कार्य गर्न माग गर्दै ज्ञापन पत्र बुझाएर नेप्से कार्यालय घेर्न पुगेका लगानीकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सेयर लगानीकर्ता तीलक कोइराला, अर्जुनकुमार कोइराला र नयन बास्तोलालाई प्रहरीले पक्रउ गरेको हो ।
शुक्रबार नेप्से परिसरमा होहल्ला गर्दै पुगेपछि ३ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता सिताराम रिजवालले जानकारी दिए ।
उनिहरुलाई नियन्त्रणमा लिएर सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।
प्रतिक्रिया