प्रधानमन्त्रीलाई हाइड्रोजन गाडी दियौं, पुरानै गाडीमा हामफाल्नुभयो : लिङ्देन

प्रधानमन्त्रीलाई हाइड्रोजन गाडी दियौं, पुरानै गाडीमा हामफाल्नुभयो : लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गाडी फेरिरहने ड्राइभरको संज्ञा दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत मागेपछि बोल्दै लिङ्देनले गाउँघरमा यस्तो ड्राइभर भेटिने बताए ।

‘धेरै गाडी फेरिरहने ड्राइभर, गाडी फेरिहने अनुभवले गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ’ उनले भने, ‘गाडी फेरिरहने ड्राइभरले तपाईंहरुको गाडी चलाउँछु भनेपछि हाइड्रोजन गाडी दिएको गाडी स्टार्ट नहुँदै तैट म पुरानै गाडी चलाउँछु भनेपछि हामीले के गर्ने ?’ लिङ्देनले भने । राप्रपासँग गाडी पनि भएको, लाइसेन्स पनि भएको तर सिट नै नभएको बताए । उनले यही अवस्थामा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसक्ने पनि बताए ।

उनले प्रधानमन्त्रीले बाटो फेरेपछि आफूहरुले इमान्दारिपूर्वक समर्थन फिर्ता लिएको पनिबताए । ‘त्यो रात पनि गाह्रो भयो तपाईले बाटो फेरेपछि’ उनले भने ।

लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई भाग्यमानी भन्दै ठट्टा गरे । ‘उहाँ भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ दुई महिनामा दुई–दुई पटक विश्वासको मत लिदै हुनुहुन्छ, वैशाख १५–२० तिर फेरि यस्तै दिन नआओस्’ उनले भने ।