शेयर बजार साढे २२ अंकले बढ्दा सबै परिसूचकमा हरियाली

शेयर बजार साढे २२ अंकले बढ्दा सबै परिसूचकमा हरियाली



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक परिसूचक नेप्से १.१८ प्रतिशतले उकालो लागेको छ । नेप्से २२.६५ अंकले बढेर १९४९.०६ को विन्दुमा पुगेको छ ।

यस दिन २५९ कम्पनीका एक अर्ब २७ करोड चार लाख २६१ रुपैयाँबराबरको ५१ लाख ८५ हजार ११४ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ०.८२ प्रतिशतले बढेर ३६६.२३ कायम भएको छ । सोमबार १३ उपसमूहको परिसूचक उकालो लागेको छ । ट्रेडिङ उपसमूहको समूहगत परिसूचक सर्वाधिक ४.६६ प्रतिशतले बढेको छ ।

यस दिन युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सयेर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.३६ प्रतिशतले घटेको छ ।